काठमाडौं र विराटनगरबीचको खेल स्थगित, ब्याट नै नछोइ फर्किने भए अफ्रिदी — OSNepal

काठमाडौं र विराटनगरबीचको खेल स्थगित, ब्याट नै नछोइ फर्किने भए अफ्रिदी

LC (KTM) September 27, 2021 0

काठमाडौं, ११ असोज-एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौं किङ्स इलाभेन र विराटनगर वारियर्सबीचको आजको पहिलो खेल स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहान ९ः३० बजे हुने खेल आइतबार परेको पानीले मैदान ओसिलो भएका कारण स्थगित भएको हो ।यसअघि निर्धारित समयमा खेल सुरु नभएपछि ओभर समेत घटाएर खेलाउने जनाइएको थियो । तर, अन्तिमसम्मै मैदान खेल्नलायक नभएपछि रद्द गरिएको हो । अंक भने बाँढिएको छैन ।

तर, आयोजकका अनुसार खेल अर्कोपटक पुनः हुन सक्छ । त्यसको लागि भने आयोजक, टेक्निकल टिम र दुई क्लबबीच छलफल हुनेछ ।
काठमाडौंले पहिलो खेलमा साबिक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो । यता, विराटनगर भने चितवनसँग पहिलो खेलमा पराजित भएको थियो ।

अफ्रिदीले ब्याट नै छुन पाएनन्
जारी इपिएलको मुख्य आकर्षक बनेका पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीको आज अन्तिम खेल थियो । पाकिस्तानका पूर्व कप्तान समेत रहेका अफ्रिदी इपिएलमा दुई खेल खेल्न काठमाडौं आएका थिए । शनिवारको पहिलो खेलमा उनले तीन ओभर बलिङ गरेका थिए । त्यस दिनको खेलमा उनले ब्याटिङ गर्न पाएका थिएनन् । आज हुने भनिएको दोस्रो खेल पनि रद्द भएसँगै उनी इपिएलमा ब्याट नै नछोइ स्वदेश फर्कने भएका छन् । उनी आजै पाकिस्तन जाँदैछन् ।

भैरहवा र चितवनबीचको १ः३० बजे
दिनको दोस्रो खेल भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच हुनेछ । भैरहवा र चितवनबीचको खेल दिउँसो १ः३० बजे हुँदैछ ।

शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ । यस्तै सोमपालको कप्तानीमा रहेको चितवन दोस्रो जितको खोजीमा हुनेछ । यसअघि आइतबार वर्षाले प्रभावित खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाँडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर