ढुङ्गाको जाँतो बनाउन व्यस्थ छन् कञ्चनपुरका महिला — OSNepal

ढुङ्गाको जाँतो बनाउन व्यस्थ छन् कञ्चनपुरका महिला

LC (KTM) September 27, 2021 0

कृष्णपुर नगरपालिकास्थित गुलरिया बजार छेउमा बसेर ढुङ्गाको जाँतो बनाउँदै महिला । परम्परागत रुपमा पिठो पिस्न र दाल तयार गर्नका लागि जाँतोको प्रयोग हुने गरेको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷ रासस

भक्तपुरका चारवटै नगरमा नेतृत्व चयन-नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भक्तपुरका चारवटै नगरपालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । यसरी निर्वाचित हुनेमा भक्तपुरमा राजेन्द्र तमखु, मध्यपुरथिमिमा हरिदास प्रजापति, चाँगुनारायणमा शिवहरि केसी र सूर्यविनायक नगरपालिका सभापतिमा निशान ढुङ्गेल हुनुहुन्छ ।

भक्तपुर नगर सभापति तमखु नेतृत्वका उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी हुनुभएको छ ।

मध्यपुरथिमि नगर सभापति प्रजापति नेतृत्वका उपसभापतिमा अनिल श्रेष्ठ र सीताराम कुटु, सचिवमा राम थापामगर र रवि घजु तथा सहसचिवमा विजय प्रजापति र जीवन श्रेष्ठ विजयी हुनु भएको छ ।

यसैगरी चाँगुनारायण नगर सभापति केसी नेत्तृत्वका उपसभापतिमा राजकुमार दाहाल र दिनेशराज गिरी, सचिवमा दिनेश थापा र सिजन कार्की तथा सहसचिवमा गोकर्ण पुरी र चन्द्रशेखर खत्री विजयी हुनुभएको छ । सूर्यविनायक नगर ढुङ्गेलका नेतृत्वमा उपसभापतिमा रमण कायष्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुङ्गाना र सुरेश केसी विजयी हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर