आज कहाँ-कहाँ पर्छ पानी ? — OSNepal

आज कहाँ-कहाँ पर्छ पानी ?

LC (KTM) September 27, 2021 0

काठमाडौं, ११ असोज-मनसुन निस्क्रिय भए पनि अझै बाहिरिएको छैन । उत्तरार्धमा मनसुन कायमै हुँदा मुलुकमा हल्का वर्षा हुने गरेको छ ।यो पटक संशोधित तालिका अनुसार मनसुन बाहिरिन अझै ६ दिन रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार नेपालमा तीन दिनसम्मको मौसम पूर्वानुमान हुने भएकाले मनसुन बाहिरिनेबारे अझै प्रष्ट आँकलन भइसकेको छैन ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।मंगलबार प्रदेश १ र २ का एक÷दुई स्थान र बाँकी प्रदेशका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ । बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर