सुस्ताएको बलिउडमा फेरी फिल्मी चहल पहल सुरु,नयाँ फिल्म ‘फायर’ मा सेफ अली खान जोडिए — OSNepal

सुस्ताएको बलिउडमा फेरी फिल्मी चहल पहल सुरु,नयाँ फिल्म ‘फायर’ मा सेफ अली खान जोडिए

LC (KTM) September 27, 2021 0

मुम्बई । कोरोनाको महामारी पछि सुस्ताएको बलिउडमा फेरी फिल्मी चहल पहल सुरु भएको छ । चलचित्रकर्मीहरु आफैं फिल्म निर्माण र छायाँकनमा उत्रिएका छन् । नयाँ फिल्म ‘फायर’ मा सेफ अली खान जोडिएका छन् ।

अहिले यो फिल्म निर्माणको तयारी भईरहेको छ । यो फिल्ममा उनीसँग अर्का नायक फरन अख्तर जोडिएका छन् । यी दुबै अभिनेता अहिले यो फिल्मको छायाँकन तयारीमा व्यस्त छन् । यस पटक आफुहरु जोडीको रुपमा प्रस्तुत हुन लागेको यी दुईले बताएका छन् ।

सैफ अलीका अनुसार उनले फरनसँग काम नगरेको दुई दशक भयो । आफुहरु दुई दशकपछि यो फिल्ममार्फत सँगै आउन लागेकाले दर्शकलाई आफुहरुको जोडी निकै महत्वपूर्ण हुने विश्वास यी अभिनेताको छ ।

यसै विषयमा सैफले भनेका छन्,‘बितेको केही समयदेखि फरनसँग काम गर्ने मेरो ठुलो चाहना थियो । त्यो चाहना यसपटक पुरा गर्दैछु ।’

अभिनेता सैफ अलीले कोरोना सँक्रमण अघि नयाँ फिल्म भूत पुलिसमा काम गरेका थिए । त्यसपछि उनी यो फिल्ममा जोडिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर