ओमानद्धारा नेपालको पोष्टमा गोलको बर्षा , नेपालको सात दुई गोल अन्तरको लज्जास्पद हार — OSNepal

ओमानद्धारा नेपालको पोष्टमा गोलको बर्षा , नेपालको सात दुई गोल अन्तरको लज्जास्पद हार

LC (KTM) September 26, 2021 0

ओमान र नेपाल बीचको मैत्रीपुर्ण खेलमा ओमान बिजयी भएको छ । ओमानले नेपालको पोस्टमा गोलको बर्षा नै गराएको छ । आज राती सम्पन्न यस मैत्रीपुर्ण खेलमा पहिलो हाफमा ओमानलाई टक्कर दिएको नेपाल दोस्रो हाफमा एकदमै निरिह देखियो र अन्ततः सात दुई गोल अन्तरको लज्जास्पद हार सहित नतिजा सुम्पियो ।

ओमानलाई जित दिलाउन अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरे भने फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक एक गोलको योगदान दिए ।

पहिलो हाफमा दुई एक गोल अन्तरले पछि परेको नेपालले दोस्रो हाफमा भने सम्हालि नसक्नु गोल खाएको थियो । साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले फिफा वरीयतामा ९० स्थानको ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो । साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर