आइपीएल क्रिकेटमा कोलकत्तालाई हराउँदै चेन्नई बिजयी , कप्तान धोनी १ रनमै भए आउट — OSNepal

आइपीएल क्रिकेटमा कोलकत्तालाई हराउँदै चेन्नई बिजयी , कप्तान धोनी १ रनमै भए आउट

LC (KTM) September 26, 2021 0

चेन्नई सुपर किङ्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल टी ट्वान्टी क्रिकेटको तालिकाको शीर्ष स्थानमा उक्लिएकोछ । अबुधाबीमा आज सम्पन्न भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकत्ता नाइट राइडर्सलाई हराउदै शीर्ष स्थानमा उक्लिएको हो ।

चेन्नईले कोलकत्तालाई २ विकेटले पराजित गर्यो । कोलकत्ताले चेन्नई समक्ष १ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त ल्क्ष्य चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । चेन्नईको जितमा फाप डु प्लेसिसले ४३, रुतुराज गायकवाड ४०, मोइन अलि ३२ तथा रविन्द्र जडेजाले २२ रन बनाए ।

कप्तान महेन्द्र सिंह धोनी भने १ रन बनाउँदै आउट हुन पुगे । कोलकत्ताका लागि सुनिल नारिनेले ३ विकेट लिएका थिए । यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

कोलकत्ताका राहुल त्रिपाठीले ४५ रन बनाएका थिए । चेन्नईका शार्दुल ठाकुर र जोश हाजलउडले समान २ विकेट लिए । आजको जित संगै चेन्नईले १० खेलमा १६ अंक जोडेको छ । कोलकत्ता ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर