ओमान बिरुद्धको खेलमा पहिलो हाफमा नेपाल २-१ गोलले पछि — OSNepal

ओमान बिरुद्धको खेलमा पहिलो हाफमा नेपाल २-१ गोलले पछि

LC (KTM) September 26, 2021 0

साफ च्याम्पियनसिपको तयारी गरिरहेको नेपाल अहिले मैत्रीपूर्ण खेलमा ओमान संग प्रतिस्पर्धा गरिरहेको छ । कतारको दोहास्थित कतार युनिभर्सिटीको मैदानमा जारी खेलको पहिलो हाफ सकिएको छ ।

पहिलो हाफ सकिदा ओमान संग नेपाल दुई एक गोल अन्तरले पछि रहेको छ । अल्मुइतारीको प्रशिक्षणमा नेपालले अचेल सुधारिएको खेल प्रस्तुत गरिरहेको छ । यस अघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

जसमा नेपालले एक बराबरी र एकमा पराजय भोगेको थियो । यतिबेला नेपाल साफको तयारीका लागि कतारमा रहेको छ । नेपालको टोली कतारबाटै साफका लागि माल्दिभ्स जाने बताइएको छ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर