नेपाली कांग्रेसको अहिले चलिरहेको निर्वाचनमा युवा नेतृत्व स्थापित हुदै, कन्काइमा दुर्गा प्रसाईको प्यानलद्धारा क्लिन स्विप — OSNepal

नेपाली कांग्रेसको अहिले चलिरहेको निर्वाचनमा युवा नेतृत्व स्थापित हुदै, कन्काइमा दुर्गा प्रसाईको प्यानलद्धारा क्लिन स्विप

LC (KTM) September 26, 2021 0

नेपाली कांग्रेस यतिबेला महाधिबेशनको चटारोमा रहेको छ । देशैभर चुनावी प्रक्रिया सम्पन्न भईरहेका छन् । चुनाव बाट यसपाली सबै ठाउँमा युवा नेतृत्वकै प्रभाव बढी देखिएको छ । कांग्रेसका स्थानीय तहमा धेरै जसो प्रभावशाली मानिएका ब्यक्तिहरु युवा नेतृत्व संग पराजित हुन पुगेका छन् ।

यसै सन्दर्भमा आज सम्पन्न नेपाली कांग्रेसको कनकाई नगर समितिको निर्वाचनमा सबै क्रियाशिल युवाहरुको प्यानल नै बिजयी भएको छ । दुर्गा प्रसाईको प्यानल नै भारी मतका साथ बिजयी भएको हो । कनकाई उद्योग बाणिज्य संघको हलमा आज सम्पन्न भएको निर्वाचनमा प्रसाई नेतृत्वको पुरै प्यानल बिजयी भएको हो ।

निर्वाचनमा जम्मा १ सय ८३ मत खसेकोमा प्रसाईले अत्याधिक लोकप्रिय १ सय २९ मत पाए । उनका प्रतिद्धन्द्धी प्रल्लाद घिमिरेले ५० मत मात्रै ल्याएका छन् । उपसभापतिमा समेत प्रसाई प्यानलकै सन्तोस कुमार रायमाझिले सर्वाधिक मत ल्याएर बिजयी भएका छन् ।

बिद्यार्थी जिवन देखी नै राजनितीमा सक्रिय तथा युवाहरुको मनमा बस्न सफल रायमाझीले ले १४२ मत पाए । त्यस्तै सुर्य थापाले ११७ मत ल्याएर बिजयी भए । उपसभापतिमा घिमिरे प्यानलका नविन बस्नेतले ४९ र तेजबहादुर गिरीले ३४ मत मात्रै ल्याएका थिए ।

सचिव पदमा समेत प्रसाई प्यानलकै रेणुप्रसाद कडेँलले १२३ र दिपक खतिवडाले १०५ मत ल्याए । यो पदमा पनि घिमिरे प्यानलका सचिव पदका उम्मेद्धार अर्जुन बोहोरा र हरि फुयाँल प्रतिष्पर्धाको मैदान बाट पराजित हुन पुगे । सहसचिवमा समेत दुर्गा प्यानलका उदित दाहाल १३७ मत र धर्म राजवंशी ११२५ मत ल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर