हराएको लामो समय पछि चर्चित पप गायिका नलिना चित्रकार एक्कासी भेटिइन् असन बजारमा — OSNepal

हराएको लामो समय पछि चर्चित पप गायिका नलिना चित्रकार एक्कासी भेटिइन् असन बजारमा

LC (KTM) September 26, 2021 0

एक जमानाकी अत्यन्तै चलेकी पप गायिका नलिना चित्रकार एका एक गीत संगीत बाट गायब भईन् । उनको खोजी नभए पनि उनका स्वरमा सजिएका पहिलाका सुपरहिट पप गीत भने अझै पनि लोकप्रिय नै रहेका छन् । यीनै हराएकी पप गायिका नलिना चित्रकार अब असन बजारमा बोलको गीत बाट फर्किएकी छिन् ।

उनी ६ बर्ष पछि नेपाली गीत संगीतमा दर्शक तथा स्रोता माझ फेरी आएकी हुन् । डिपी खनालको शब्द रचना रहेको यस गीतमा नलिना चित्रकारलाई वेद बस्नेतले समेत साथ दिएका छन् । यस गीतमा अहिलेका चलेका गायक तथा संगीतकार राजनराज शिवाकोटीको संगीत रहेको छ। यो गितको भिडियोलाई आकर्षक बनाउन धेरै मेहनत गरिएको छ ।

गीतको छायाँकन अमेरिका र नेपालका बिभिन्न भुभागमा गरिएको छ । सुब्रतराज आर्चायले निर्देशन गरेको यो गीतको भिडियोमा अभिनेत्री अरिश्मा नकर्मी, नारायण प्रधान, उषा उप्रेती र कमल साउँदले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर