इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बिजयी — OSNepal

इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बिजयी

LC (KTM) September 26, 2021 0

इटालियन सिरी ए फुटबलमा युभेन्ट्स बिजयी भएको छ । आज भएको खेलमा युभेन्ट्सले साम्पडोरियाविरुद्ध तीन दूई गोल अन्तरको संघर्षपूर्ण जित निकालेको हो ।युभेन्ट्सको लागि पाउलो डिबलाले सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै लियोनार्डो बोनुची, म्यानुएल लोकाटेलीले एक एक गोलको योगदान दिए । त्यस्तै साम्पडोरियाका लागि माया योसिडा र एन्टोनियो कान्ड्रेभाले एक एक गोल गोल गरे पनि जित दिलाउन सकेनन् ।

आजको यो जितसँगै युभेन्ट्सले ६ खेलमा ८ अंक जोडेको छ । युभेन्ट्स नवौं स्थानमा रहेको छ । साम्पडोरिया ५ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर