यस्तो छ बलिउड फिल्मको 'लाइनअप', बलिउडकर्मी उत्साहित — OSNepal

यस्तो छ बलिउड फिल्मको ‘लाइनअप’, बलिउडकर्मी उत्साहित

LC (KTM) September 26, 2021 0

काठमाडौं, १० असोज- आगामी ५ कात्तिकदेखि भारतको मुम्बईमा रहेका फिल्म हलहरू खुल्ने मुख्यमन्त्री उद्धव ठाकरेको कार्यालयले ट्विटमार्फत जानकारी दिएको छ । हल खुलाउने निर्णयसँगै मुख्यमन्त्री कार्यालयले फिल्म हलमा अपनाउनुपर्ने कोभिड संक्रमणविरुद्धको मापदण्ड पनि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । हल खुलाउने निर्णय भएसँगै बलिउडले यसलाई स्वागत गरेको छ । बलिउडका ठूला व्यानरले फिल्म हल खुल्ने निर्णय आएसँगै फिल्म रिलिज हर्ने सेड्युल सार्वजनिक गरेका छन् ।

मुम्बईका फिल्म हल नखुल्दा निर्माताले रिलिज तय गर्न सकेका थिएनन । यद्यपि, पछिल्लो निर्णयसँगै बलिउडकर्मी उत्साहित भएका छन् । आइतबार मात्र बलिउडका प्रतीक्षित फिल्महरूले रिलिज घोषणा गरेका छन् । सूर्यवंशी, बन्टी और बब्ली २, पृथ्वीराज, जयश भाइ जोरदार र शम्शेरा, तडप, ८३ लगायत रिलिजको पर्खाइमा रहेका छन् । प्रतीक्षित फिल्ममध्येको एक ‘सूर्यवंशी’ले दीपावलीमा रिलिज गर्ने घोषणा गरेको छ । रोहित शेट्टी निर्देशित फिल्ममा अक्षय कुमार र कट्रिना कैफ मुख्य भूमिकामा छन् । यस्तै, यसमा अजय देवगण र रणवीर सिंहलाई पनि गेस्ट रोलमा देख्न पाइनेछ ।

अक्षयकै ‘बच्चन पाण्डे’ ४ मार्च २०२२ र ‘राम सेतु’ सोही वर्ष दीपावलीमा प्रदर्शन हुनेछन् । ‘तडप’ ३ डिसेम्बरमा, रणवीर सिंहको मुख्य भूमिका रहेको ‘८३’ यस वर्षको क्रिसमसमा रिलिज हुने भएका छन् ।नायक टाइगर स्राफको मुख्य भूमिका रहेको ‘हिरोपन्ती’ ६ मे २०२२ मा र नायक अजय देवगणले निर्माण गरेको ‘मेडे’को पनि प्रदर्शन २९ अप्रिल २०२२ मा रिलिज हुने भएका छन् । यस्तै, शाहिद कपुरको ‘जर्सी’ यसै वर्षको ३१ डिसेम्बरमा, कार्तिक आर्यन, कियरा आडवाणी, तबुलगायतका कलाकारको ‘भुलभुलैया २’ २५ मार्च २०२२ मा रिलिज हुने भएका छन् ।

यही वर्ष प्रदर्शन हुने घोषणा गरेको आमिर खानको बहुप्रतीक्षित फिल्म ‘लालसिंह चढ्ढा’ भने यस वर्षबाट सरेर अर्को वर्ष पुगेको छ । क्रिसमसमा आउने घोषणा गरेको यो फिल्म सन् २०२२ को भ्यालेन्टाइन डेमा आउने भएको छ ।आइतबार आमिर खान प्रोडक्सनले महामारीका कारण निर्धारित समयमा फिल्मको काम नसकिएको भन्दै प्रदर्शन मिति धकेलेको जनाएको छ । अद्वेत चन्दनले निर्देशन गरेको यस फिल्ममा आमिर खान र करिना कपुरको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर