कला संस्कृतिको जर्गेनामा परवासबाट दीपक माईथानेको योगदान — OSNepal

कला संस्कृतिको जर्गेनामा परवासबाट दीपक माईथानेको योगदान

LC (KTM) September 26, 2021 0

काठमाडौं । नेपालको गुल्मी जिल्लामा जन्मिएर बेलायतलाई कर्मथलो बनाएका कलाकार दीपक थापा माईथाने मगर परवासको व्यस्त समयका बावजुत पनि कलाकारितमा निरन्तर समर्पित छन् । बेलायतमा हुने कलाकारिता सम्बन्धी गतिबिधिमा निकै सक्रिय कलाकार दीपक एकपछि अर्को गीत निकाल्नमा ब्यस्त छन् ।

केही समय अगाडी मात्रै गीत ‘बैगुनी’ सार्वजनिक गरेका कलाकार दीपकको शब्द श्रृजना रहेको थियो भने दीपकले नेपाली कला र संस्कृति झल्किने नयाँ सालैजो गीत जल चोखो बजारमा ल्याएका छन् । गीत संगीतको लेखन, अभिनय सँगसँगै दीपक निर्माणमा पनि सक्रिय छन् । दीपकको निर्माणमा तयार भएको जल चोखोको भिडियोमा आनन्द गुरुगं र सुमित्रा गुरुगंको अभिनय देख्न सकिन्छ ।

शितल गुरुगं र सम्झना शिवाकोटीको स्वर रहेको गीतका शब्द शृजना भिम रानाका हुन । शितल गुरुगंको संगीत रहेको गीतको एरेन्ज राकेश सोनीले गरेका हुन् । दीप गुरुगंको निर्देशनमा तयार भएको भिडियोको सह निर्देशन सन्तोष थापा मगरले गरेका हुन् । शम्भु चालिसेको छायांकन रहेको भिडियोको सम्पादन मेक बहादुर थापाले गरेका हुन् । भिडियो मैथाने इन्टरटेनमेन्टबाट बजारमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर