दसैँको फूलपातीदेखि पूर्णिमासम्म जुनसुकै बस, जहाँसम्म पनि यात्रु लिएर जान पाउने व्यवस्था — OSNepal

दसैँको फूलपातीदेखि पूर्णिमासम्म जुनसुकै बस, जहाँसम्म पनि यात्रु लिएर जान पाउने व्यवस्था

LC (KTM) September 26, 2021 0

काठमाडौं १० असोज । यस वर्षको दशैंमा यात्रुको चापलाई ध्यानमा राखी सरकारले फुलपातीको दिनबाट पूर्णिमासम्म बस चलाउन रुट परमिट खुला गर्ने भएको छ ।

देशको जुनसुकै स्थानमा जान पनि बिना रुट परमिट बस चलाउन सक्ने व्यवस्था गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले आज बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकमा यस्तो जानकारी गराएका हुन् ।

दसैँको फूलपातीदेखि पूर्णिमासम्म रुट परमिट नभएका बस सञ्चालन गर्न खुला गरेका गरेको बताएका महानिर्देशक घिमिरेले यो समयमा जुनसुकै बस, जहाँसम्म पनि यात्रु लिएर जान पाउने व्यवस्था गरेको बताएका छन् ।

साथै यसरी चल्ने सवारी साधनको छतमा भने मान्छे तथा पशुपंक्षी राख्न पनि निषेध गरेको समेत उनले जनाएका छन् । साथै बैठकमा पश्चिम जाने बसहरु नयाँ बसपार्क, कलंकी र त्यस आसपासबाट छुट्ने, पूर्व जाने बसहरु कोटेश्वरदेखि कलंकीसम्म सडकको दायाँ बायाँ विभिन्न स्थानबाट र भक्तपुरको सल्लाघारीबाट छुट्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर