काठमाडौं १० असोज । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारको समयमा भएको संसद विघटन सही भएको तर्क राखेका छन् ।
उपमहासचिव घनश्याम भुसालले संसद विघटन संविधान विपरित भएको प्रस्ताव बैठकमा अघि सार्नु अघि ओलीले संसद विघटन सही भएको तर्क राखेका हुन् ।
उनले आज बसेको केन्द्रिय कमिटिको बैठकमा आफुहरु चुनावमा जान हतार भएको भन्दै जित्ने समेत दावी गरेका थिए ।
आजको बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई समेत मच्छरले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो भनी जवाफ फर्काएका छन् ।