काठमाडौं ११ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चालेको एउटा प्रस्तावलाई असंवैधानिक भनेर निर्णय गर्न अघि सारिएको छ ।
उपमहासचिव घनश्याम भुसालले बैठकमा ओली प्रधानमनत्री हुँदा गरेको संसद विघटनलाई संविधानविपरीत भनेर निर्णय गर्न भन्दै तीनवटा फरक प्रस्ताव राखेका हुन् ।
हामीले चाहेको समाजवाद कस्तो हो यो कुरा हाम्रा पार्टीका साथीहरू र जनताले थाहा पाउनुपर्यो भनेका नेता भुसालले भने, “जबज स्पष्ट पार्नुपर्यो, त्यसका लागि जबजको पुनव्र्याख्या हुनुपर्छ” ।
आजको बैठकमा संसद विघटन संविधान विपरित भएको विषयले स्थान पाएको छ ।