साफ च्याम्पियनसिप फुटबलका लागि भारतले गर्यो २३ सदस्यीय टीमको घोषणा — OSNepal

साफ च्याम्पियनसिप फुटबलका लागि भारतले गर्यो २३ सदस्यीय टीमको घोषणा

LC (KTM) September 26, 2021 0

असोज १५ गते देखी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्समा सुरु हुदैछ । च्याम्पियनसिपमा ५ देशले प्रतिष्पर्धा गर्न लागिरहेका छन् । यसैक्रममा भारतले साफ च्याम्पियनसिपको लागि फुटबल टिमको घोषणा गरेको छ।

आज साफका लागि २३ सदस्यीय टिमको घोषणा गरिएको भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले जनाएका छन् । भारतले सुनिल क्षेत्रीको कप्तानीमा साफ खेल्ने टिमको घोषणा गरेको हो ।

असोज १५ देखि ३० गतेसम्म साफ च्याम्पियनसिप आयोजना हुदैछ । भारतले भने अक्टोबर ४ मा बंगलादेशविरुद्ध खेल्दै प्रतियोगितामा आफ्नो खेलको सुरुवात गर्नेछ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन्।साफमा सबैभन्दा शक्तिशाली भारत रहेको छ । भारतले अहिले सम्म ७ पटक साफ च्याम्पियनसिपको बिजेता समेत रहि सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर