८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा नौ जनाको मृत्यु — OSNepal

८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा नौ जनाको मृत्यु

LC (KTM) September 26, 2021 0

काठमाडौं १० असोज । नेपालमा पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण भएको हो ।

यो सँगै नेपालमा हाल सम्म कोरोना संक्रमितको संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ । त्यस्तै गरी , पछिल्लो २४ घण्टामा १ हजार २७९ जना संक्रमण मुक्त भएका छन् । भने नौ जना संक्रमतिले भने ज्यान गुमाएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं २३२, कास्कीमा ८४, झापामा ७८, मोरङमा ७९ ,रुपन्देहीमा ३१, सुनसरी र ललितपुरमा २४ / २४ जना, भक्तपुरमा २३, चितवनमा २२, कैलालीमा १४ र इलाममा १० संक्रमितको पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर