बलिउड नायक अर्जुन रामपालका सालो ड्रग्स केसमा गिरफ्तार , आफ्नो नाम जोडेको भन्दै मिडिया संग आक्रोशीत — OSNepal

बलिउड नायक अर्जुन रामपालका सालो ड्रग्स केसमा गिरफ्तार , आफ्नो नाम जोडेको भन्दै मिडिया संग आक्रोशीत

LC (KTM) September 26, 2021 0

बलिउड अभिनेता अर्जुन रामपालको नाम सन् २०२० मा ड्रग्स केस संग जोडिएर आएको थियो । उनको घरमा समेत छापा मारिएको थियो । साथै उनी संग एनसीबीले पनि लामै समय सम्म सोधपुछ गरेको थियो । यस बाहेक रामपालकी गर्ल फ्रेण्ड गैब्रिएला डेमेट्रिएड्सका भाई आगसिल्स डेमेट्रिएड्सको पनि ड्रग्स केसको मामलामा नाम बाहिर आएको छ ।

साथै उनलाई अहिले प्रहरीले गिरफ्तार गरेको छ । उनी यो सहित तिन पटक ड्रग्सको केसमा समातिएका हुन् । अर्जुन रामपालको सालो पटक पटक यसरी ड्रग्सको केसमा फसेपछि अर्जुनले प्रतिक्रिया जनाएका छन् । जब सालोको नाम संगको सम्बन्ध जोडिएर आउँछ उनलाई पटक्कै मन पर्दैन ।

आफु संग सम्बन्ध जोडेर प्रचारबाजी भईरहेको भन्दै उनले यस कुरामा असन्तुष्टि जनाएका छन् । उनले दिक्क भएर लेखेका छन्– प्यारो साथी, फलोअर्स तथा पब्लिक , तपाईहरु जसरी यो खबर हेरिरहनु भएको छ म यसमा आश्चर्य चकित भएको छु । यो एकदमै दुःखको कुरा हो मलाई जबरजस्ती यो मामलामा समाबेश गरिरहेको छ ।

जहा सम्म मेरो परिवारको कुरा छ हामी देशको कानुन पालना गर्छाै । यदि कतै संयोगबश मेरो पार्टनरको आफन्तको नाम आउँदा मेरो नाम किन जोड्नु ? म यो भन्न चाहान्छु कि उनी संग हाम्रो कुनै पनि कनेक्शन छैन शिबाय मेरो गर्लफ्रेण्डको भाई बाहेक ।

उनले मिडियालाई आफ्नो नाम लिएर हेडलाईन नबनाउन समेत अनुरोध गरेका छन् । उनले कसैले कानुन उल्लंघन गरे भागिदार बन्नु पर्ने समेत प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर