सङ्खुवासभामा पहिलो पटक कोरोनाबाट दुई जनाको मृ त्यु — OSNepal

सङ्खुवासभामा पहिलो पटक कोरोनाबाट दुई जनाको मृ त्यु

LC (KTM) May 21, 2021 0

किमाथाङ्का, ७ जेठ -सङ्खुवासभामा पहिलो पटक कोरोनाबाट शुक्रबार दिउँसो दुई जनाको मृ त्यु भएको छ । मृतयु हुनेमा सिलिचोङ गाउँपालिका –५ का ७० वर्षीय भाङविर तामाङ र खाँदबारी नगरपालिका –१ का ६२ वर्षी हितकुमार नालामी रहेको जिल्ला अस्पताल सङ्खुवासभाकी प्रवक्ता सुजता पौडेलले जानकारी दिनुभयो । सङ्खुवासभामा हालसम्म ४ सय ९० जना कोरोना संक्रमित पुगेका छन् ।

शुक्लागण्डकीमा मोबाइल रक्तदान अभियान:- निषेधाज्ञाको समयमा रगतको अभाव हुँदै जान थालेपछि शुक्लागण्डकी नगरपालिकामा मोबाइल रक्तदान अभियान सञ्चालन गरिने भएको छ । दुलेगौँडास्थित शुक्लागण्डकी एफएम, लियो क्लब अफ दुलेगौँडा, खैरेनी सिटी र युवा नेपाल समिति तनहुँको बिहीबार बसेको बैठकले संयुक्तरूपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।कोरोना महामारीमा ठुलो सङ्ख्यामा रक्तदाताहरु जम्मा गराएर कार्यक्रम गर्न सकिने अवस्था नरहेकाले मोबाइल भ्यानमार्फत नगरका विभिन्न स्थानमा पु¥याएर रक्तदाताबाट रगत सङ्कलन गर्ने निर्णय गरिएको युवा नेपाल समितिका ऋतु भुवाईले जानकारी दिनुभयो ।

विभिन्न अस्पताल तथा क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्र पोखराले रगत अभावमा सुत्केरी महिला, दीर्घ रोगी र मिर्गौलाका नियमित डायलाइसिसका बिरामीले कठिनाइ भोग्नुपरेको बताएपछि उक्त अभियान थालिएको उहाँले बताउनुभयो । शुक्लागण्डकी एफएमका स्टेशन म्यानेजर राजन उपाध्यायले नगरपालिकाको कोत्रे, गाछेपानी, दुलेगौँडा, ढोरफिर्दी, खैरेनीटार, बेलचौतारा र खैरेनीटारमा कार्यक्रम गरि ३० युनिट रगत सङ्कलन गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । इच्छुक रक्तदाताहरुले व्यक्तिगत वा पाँच जनाको समुह बनाएर मोबाइल भ्यान बोलाउन सकिने उहाँले बताउनुभयो ।

निषेधाज्ञाका कारण नियमितरूपमा रक्तदान हुन नसकेकाले रगतको अभाव हुन थालेको क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले जानकारी दिनुभयो । पोखराका विभिन्न ठाउँमा मोबाइल भ्यान लगेर केही मात्रामा सङ्कलन गरिरहे पनि पर्याप्त नभएको उहाँले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर