काठमाडौँ १० असोज । नेकपा एमालेका उपाध्यक्ष डा भीम रावल पार्टीको केन्द्रीय कमिटिको बैठक छोडेर बाहिरिएका छन् ।
माधव नेपालको साथ छोडी अध्यक्ष केपी ओलीतिर आएका रावल ओलीले राजनीतिक प्रतिवेदन माथि केन्द्रिय समितिले उठाएको प्रश्नको जवाफ नदिँदै बैठकबा बाहिरिएका हुन् ।
१० वुँदे सहमति कार्यान्वयन गर्नुपर्ने र पार्टीलाई जेठ २, २०७५ मा फर्काउनु पर्ने माग राख्दै आएका रावल बैठकबाट बाहिरिनुको कारण भने खुलाइएको छैंन ।
अहिले म केही वताउँदिन बेला आएपछि बताउँछु, बोल्छु भन्दै बैठकस्थल छोडेर हिडेका बताइएको छ । त्यस्तै आजको बैठकमा अष्टलक्ष्मी शाक्य पनि सहभागी भएकी छैनन् ।