बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि शुरु, प्रति केजी एक हजार ५०० मा विक्री — OSNepal

बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि शुरु, प्रति केजी एक हजार ५०० मा विक्री

LC (KTM) May 09, 2021 0

बाँके,२६वैशाख – गुलरिया नगरपालिका –१० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि शुरुआत गर्नुभएको छ ।

भारतको राममनोहर लोइया कलेजबाट कृषि विषयमा स्नातकोत्तर अध्ययन गर्नुभएका उहाँले चारलाख रुपैयाँको लगानीमा गाउँमा कृषि फार्मको स्थापना गरी तेल निकाल्न शुरु गर्नुभएको हो । तेल प्रति केजी रु एक हजार ५०० मा विक्री हुने उहाँले जानकारी दिनुभयो । उहाँले फार्ममा व्यवसायिक रुपमा च्याँउ खेती समेत गर्नुभएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर