काठमाडौँ १० असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले धेरैले सिक्नुपर्ने गरी काम गरेको दावी गरेका छन् ।
आज आइतबार बसेको केन्द्रिय कमिटिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् । प्रतिपक्षमा पुग्यौ भन्दैमा आत्तिनु नपर्ने भन्दै ओलीले आफूहरुलाई के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था नभएको समेत स्पष्ट पारेका छन् ।
फेरि पनि सम्हालिएर अगाडि बढ्न सक्छौं कसरी भोट माग्न जाने होला भन्ने स्थिति आफ्नो पार्टीको नभएको उनले बताएका छन् ।