उच्च अदालत विराटनगरको गेट अगाडि काभ्रेका इँटा व्यवसायी लामामाथि खुकुरी प्रहार — OSNepal

उच्च अदालत विराटनगरको गेट अगाडि काभ्रेका इँटा व्यवसायी लामामाथि खुकुरी प्रहार

LC (KTM) September 26, 2021 0

विराटनगर १० असोज । काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि खुकुरी प्रहार भएको छ । उच्च अदालत विराटनगर को गेट अगाडि लामामाथि आज आइतबार खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहार गर्नेमा राटनगर–६ रामपुरका २५ वर्षीय विमल कार्की रहेका छन् । मोरङ प्रहरीले दिएको जानकारी अनुसार खुकुरी प्रहार गर्नुको कारण भन खुलेको छैन ।

खुकुरी प्रहारबाट घाइते भएका लामाको विराटनगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कार्कीलाईे भने पक्राउ गरिएको र थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर