नेपालबाट भारततर्फ जाँदै गर्दा स्रोत नखुलनेको रकमसहित ७० वर्षिय बाबु र छोरा पक्राउ — OSNepal

नेपालबाट भारततर्फ जाँदै गर्दा स्रोत नखुलनेको रकमसहित ७० वर्षिय बाबु र छोरा पक्राउ

LC (KTM) September 26, 2021 0

रौतहट १० असोज । श्रोत नखुलेको रकम सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईशनाथ नगरपालिका–३ औरैया बस्ने २९ वर्षीय निरज कुमार साह र उनकै बुवा ७० वर्षीय रामचन्द्र राउत रहेका छन् ।

प्रहरी चौकी औरैयाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० वाई ७२२२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा ईशनाथ नगरपालिका २ औरैया स्थित मिठुअवा टोलबाट नेपाली नगद ४ लाख ५१ हजार रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँ सहित २ जनालाई शनिबार साँझ पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले अनुशन्धान अगाडी बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर