सिमसिम झरीमा एक युवतीको अघि पछि हिडिरेको भेटिए गायक दिपक लिम्बु — OSNepal

सिमसिम झरीमा एक युवतीको अघि पछि हिडिरेको भेटिए गायक दिपक लिम्बु

LC (KTM) September 26, 2021 0

नेपाली तारा बाट चर्चा कमाएका गायक दिपक लिम्बुले नयाँ गीत सार्वजनिक गरेका छन् । लिम्बुको आवाजमा सजिएको सिमसिम झरीमा बोलको गीत सार्वजनिक भएको हो । यस गीतको संगीत गायक तथा संगीतकार डम्बर नेपालीले गरेका छन् ।

गीतको रचना कुमार पौडेलले गरेका छन् । संगीत संयोजन महाराज थापाले गरेका छन् । गीतलाई एकदमै सुन्दर ढंगले भुपेन्द्र तुम्बाहाङ्ग्फेले छायांकन तथा निर्देशन गरेका छन् । भिडियो सम्पादन अनिल रानाले गरेका छन् ।

आफ्नै अफिसियल युटुब च्यानलमा सार्वजनिक गरिएको यस गीतमा दिपक आफैले मोडलको रुपमा खेलेका छन् । उनको जोडीको रुपमा बिमला खजुम रहेकी छिन् । त्यस्तै भिडियोमा बिवस राई र युवहाङ्ग राईको समेत अभिनय रहेको छ। दिपकले आफ्नी प्रेमीकालाई फकाएको देख्न पाईन्छ यो गीतमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर