राजनीतिक दल सम्बन्धि अध्यादेश भोली सम्म फिर्ता हुँदै — OSNepal

राजनीतिक दल सम्बन्धि अध्यादेश भोली सम्म फिर्ता हुँदै

LC (KTM) September 26, 2021 0

काठमाडौं १० असोज । आज बसेको सत्ता गठबन्धनको बैठकमा राजनीतिक दल सम्बन्धि अध्यादेश फिर्ता लिन सहमति भएको छ ।

बैठकमा राजनीतिक दल सम्बन्धि अध्यादेश फिर्ता गरेर मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेपछि यसमा सहमति जुटेको हो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश फिर्ता नभएसम्म आफ्नो पार्टी सरकारमा नजाने निणर्य सुनाएपछि सरकारले यस विषयमा सहमति जुटाएको हो ।

अध्यादेश फिर्ता गर्ने सहमति यसअघि नै भएको जानकारी दिँदै अध्यक्ष यादवले कहिले फिर्ता गर्ने भन्ने निर्णय नभएको भन्दै भोलिसम्म फिर्ता गर्ने सहमति आजको बैठकमा भएको बताएका छन् ।

तथापी, आजको बैठकमा भने यादव सहभागी भएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर