काठमाडौं । सिद्धनाथ मन्दिरमा चढाइएका घन्टी भाँडा पसलमा फेला परेका छन् । कञ्चनपुर महेन्द्रनगरको सिद्धनाथ मन्दिरमा चढाइएको घण्टी मदत्त नगरपालिका ४ महेन्द्रनगरको ठकुराठी भाँडा वर्तन पसलमा फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीले पदम कोली र धनीराम टमाटालाई पक्राउ गरेको छ ।
शनिबार प्रहरीले गल्ली नम्बर १ मा रहेको भाँडावर्तन पसलमा छापा मारी मन्दिर चढाएका घण्टी फेला पारेको हो ।मन्दिरमा चढाइएका ६ सय ६१ किलो घन्टी बरामद गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।पसलमा भेटिएका घन्टी कसैले चोरेर पसलमा बेचेको हो वा अन्य कुनै कारण छ भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ ।