काठमाडौं १० असोज । गुल्मी जिल्ला क्षेत्र नम्बर २ मा आगामी निवार्चनमा नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्री र नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टबिच प्रतिस्पर्धा हुने भएको छ ।
झाँक्रीले आगामी निवार्चनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेसँगै एमालेबाट निवार्चित विष्ट र झाँक्रीको प्रतिस्पर्था रोचक हुने देखिएको छ ।
नेकपा एमाले फुटेर बनेको नेकपा एसकी झाँक्रीर विष्ट लामो समय एमालेमा सँगै बसेर काम गरेका नेताहरु हुन् । अब हुने निवार्चनमा झाँक्रीलाई भने नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले समर्थन गर्न सक्ने छन् ।
यता नेता विष्टले भने एमालेकै भोटको आश गनुपर्ने अवस्था आउने भएको छ । अहिलेको सरकार पाँच दलको गठवन्धनबाट बनेको हुनाले झाँक्रीलाई भने अलि सजिलो हुने भएको हो ।