काठमाडौं १० असोज । गत असोज ४ गते कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका १० वर्षीय बालकको शव ललितपुरमा भेटिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा बालक उज्ज्वल विश्वकर्मा मृत शव फेला परेको हो ।
उनको शव उनले लगाएको लुगाको आधारमा परिवारले शनाखत गरेको हो । अहिले उनको शव पोष्टमार्टमको लागी पाटन अस्पतालमा ल्याइने भएको छ ।
उनको अनुहार चिन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।