सरकारी छाप र हस्ताक्षर किर्ते मुद्दाका फरार अभियुक्त बसुन्धारा बस्ने पौडेल पक्राउ — OSNepal

सरकारी छाप र हस्ताक्षर किर्ते मुद्दाका फरार अभियुक्त बसुन्धारा बस्ने पौडेल पक्राउ

LC (KTM) September 26, 2021 0

काठमाडौं १० असोज । सरकारी छाप र हस्ताक्षर किर्ते मुद्दामा अदालतले फैसला गरेपछि फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुर घर भई हाल बसुन्धारा बस्ने राजु पौडेल रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

पौडेललाई अदालतले ११ महिना ८ दिन कैद र ५० रुपैयाँ जरिवाना हुने हुने गरि फैसला सुनाएको थियो ।

उक्त फैसला कार्यान्वयन गर्नको लागि आज आइतबार पौडेललाई जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर