सुपरहिट बलिउड फिल्म ‘दृश्यम’ को सिक्वेल ‘दृश्यम'-२’ निर्माण हुने, अजयले गर्लान् त कमाल ? — OSNepal

सुपरहिट बलिउड फिल्म ‘दृश्यम’ को सिक्वेल ‘दृश्यम’-२’ निर्माण हुने, अजयले गर्लान् त कमाल ?

LC (KTM) September 26, 2021 0

काठमाडौं, १० असोज । सुपरहिट बलिउड फिल्म ‘दृश्यम’ को सिक्वेल ‘दृश्यम-२’ निर्माण हुने भएको छ । फिल्ममा अजय देवगणले एक जिम्मेवार अभिभावकको भूमिका निर्वाह गरेका थिए ।

दृश्यम-२ को छायांकन डिसेम्बरभित्रै सुरु हुने निर्माण पक्षले जनाएको छ । खासमा ‘दृश्यम’ मलयालम भाषाको फिल्म हो । सन् २०१३ मा मलयालममा बनेको सो फिल्म दर्शकले अत्याधिक मन पराएका थिए । त्यसपछि बलिउडमा सन् २०१५ मा रिमेक गरियो । सो फिल्ममा अजयका साथमा तब्बु, श्रीया शरण, इस्हिता दत्ता, रिसब चड्डा मुख्य भूमिकामा छन् । फिल्म निशिकान्त कामतले निर्देशन गरेका हुन् ।

मलालयम अभिनेता मोहनलालको मुख्य भूमिकामा रहेको दृश्यमको सिक्वेल गत फेब्रुअरीमा अमेजन प्राइममा रिलिज भएको थियो । अब बलिउडले उक्त सिक्वेलको हिन्दीमा रिमेक गर्न लागेको हो । पछिल्लो समय अजय ‘मेडे’, ‘मैदान’, ‘थ्यान्क गड’ फिल्म र वेबसिरिज ‘रुद्र’ को सुटिङमा व्यस्त भएकाले ‘दृश्यम-२’ को छायांकन डिसेम्बरमा धकेलिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर