काठमाडौं १० असोज । सत्तारुड दल नेपाली कांग्रेसको ५४ जिल्लामा पालिका तहको अधिवेशन सम्पन्न भएको छ ।
केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार हिजो शनिबारसम्म गाउँपालिका र नगरपालिकास्तरीय ५४ जिल्लामा कार्यसमितिको अधिवेशन सम्पन्न भएको हो ।
त्यस्तै १० वटा जिल्लामा भने तयारी नपुगेको भन्दै अधिवेशन स्थगन गरिएको छ । अब ति जिल्लामा निर्वाचन अधिकृतले नै मिति तोक्ने भएका छन् ।
काठमाडौंका वडामा निर्वाचनको अन्तिम परिणाम नै आइनसकेका कारण पालिका तहको अधिवेशन १६ असोजका लागि तोकिएको छ ।
हिजो काठमाडौं, काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लामा हुने भनिएको अधिवेशन नभएको हो ।