तमिल सुपरहिट फिल्म बिक्रम बेधाको हिन्दी रिमेकमा सैफ अली खानको यस्तो छ भुमिका — OSNepal

तमिल सुपरहिट फिल्म बिक्रम बेधाको हिन्दी रिमेकमा सैफ अली खानको यस्तो छ भुमिका

LC (KTM) September 26, 2021 0

सैफ अली खान साउथको सुपरहिट फिल्म बिक्रम बेधा को हिन्दी रिमेकमा काम गरिरहेका छन् । बिक्रम बेधा, महसुर तमिल फिल्म हो जसमा बिजय सेतुपति तथा आर माधवनले एकदमै राम्रो प्रर्दशन गरेका थिए । यसको हिन्दी रिमेकमा सैफ अली खानको साथमा ऋतिक रोशन मुख्य भुमिकामा देखिने छन् ।

एक अन्र्तबार्तामा सैफले यस फिल्ममा आफ्नो रोलका बिषयमा कुरा गरेका छन् । उनले यो फिल्ममा बिक्रमको भुमीका निभाउने छन् । जो एक पुलिस अफिसर रहेको हुन्छ । उनले यो पनि बताएका छन् कि बिक्रम बेधा तथा सेक्रेड गेम्समा उनको भुमिका बीच के अन्तर रहेको छ ।

उनले भनेका छन्– म भन्छु कि सरताज सिंह एक प्रकारको भिक्टिम रहेका थिए सजले हर कोहीलाई थप्पड मार्दै हिड्ने गर्थे । उनी थोरै सुसाइडल फेजबाट निस्किएर केही अलग बनेको थियो । उनी इमान्दार तथा रिसाह ब्यक्ति थियो ।

उनै बिक्रमको बारेमा भने सैफले भने– बिक्रम एक धेरै मजबुत सफल तथा समझदार आइपीएस अफिसर जस्तो रहेको छ । उ एकदमै डायानामिक तथा शक्तिशाली रहेको छ । यस फिल्मको शुटिंग अक्टोबर महिनामा युएइमा शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर