श्रीपेच लाएर नारायणहिटीमा बस्ने र शासन चलाउने सोचले श्रीपेच चोर्न खोज्ने खेमबहादुरको खेल खतम — OSNepal

श्रीपेच लाएर नारायणहिटीमा बस्ने र शासन चलाउने सोचले श्रीपेच चोर्न खोज्ने खेमबहादुरको खेल खतम

LC (KTM) September 26, 2021 0

काठमाडौंको म्हैपी बस्ने खेमबहादुर घर्ती शुक्रबार टिकट लिएर नारायणहिटी संग्रहालयमा प्रवेश गरे । एक्लै संग्रहालयमा छिरेका खेमबहादुर जब श्रीपेच राखेको सोकेश नजिकै पुगे त्यसपछि उनले अस्वभाविक हर्कत गरे । मुक्काले हिर्काएर श्रीपेच राख्ने सोकेस नजिकै रहेको खुकुरी राखेको सिसा फुटाए । सिसामा हिर्काउँदा उनको हातमा चोट लाग्यो ।

खुकु,रीको सिसामा हिर्का,एर श्रीपेचको सोकेशतिर लम्किएपछि त्यहाँ खटिएका नेपाली सेनाका सुरक्षा अधिकारीले उनलाई निय,न्त्रणमा लिएका थिए । सिसा फुटाएपनि उनले खुकुरी निकाल्न पाएनन् । पश्चिम रुकुमको मुसिकोट नगरपालिका–११ घर भएका खेमबहादुरलाई अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरा,सतमा राखिएको छ । खेमबहादुरले ‘नारायणहिटीबाट शासन चलाउने सोच आयो’ भनेपछी रा प्र पा का नेता सकुल शाहले आफ्नो मुख खोलेका छन हेरौ भिडियोमा उनले के भने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर