स्पेनिस ला लिगामा साविक विजेता एट्लेटिको म्याड्रिड पराजित हुँदा रियल म्याड्रिड बराबरीमा रोकियो — OSNepal

स्पेनिस ला लिगामा साविक विजेता एट्लेटिको म्याड्रिड पराजित हुँदा रियल म्याड्रिड बराबरीमा रोकियो

LC (KTM) September 26, 2021 0

काठमाडौं, १० असोज – स्पेनिस ला लिगामा साविक विजेता एट्लेटिको म्याड्रिड पराजित हुँदा रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।शनिबार राति भएको खेलको रियल भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा रियल पाएका सदुपयोग गर्न नसक्दा दोस्रो बराबरी खेल्न पुगेको हो ।

बराबरीसँगै अपराजित रहेको रियल शीर्ष स्थानमा यथावत छ । उसले ७ खेलबाट १७ अंक बनाएको छ । भिल्लारियल ६ खेलबाट ८ अंक सहित १०औँ स्थानमा छ ।शनिबार नै भएको खेलमा साविक विजेता एट्लेटिको डिपोर्टिभो अलाभेससँग १-० गोल अन्तरले पराजित भएकाे छ । अलाभेसका भिक्टोर लागुअर्डियालेले चौथो मिनेटमा गरेको गोल नै निर्णायक गोल रह्यो । बाँकी समय एट्लेटिकोले खेलमा पकड जमाए पनि गोल भने गर्न सकेन ।

७ खेलबाट १४ अंक बनाएको एट्लेटिको तेस्रो स्थानमा छ । पहिलो तीन अंक जोडेको अलाभेस भने रेलिगेशन जोनमा छ । शनिबार राति नै ला लिगाका अन्य खेलमा भ्यालेन्सिया र एट्लेटिको बिल्वाओले १-१ गोलको बराबरी खेले । सेभियाले भने इस्पान्योललाई २-० गोल अन्तरले पराजित गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर