गाउँपालिका अध्यक्ष कांग्रेस सभापतिमा हारे — OSNepal

गाउँपालिका अध्यक्ष कांग्रेस सभापतिमा हारे

LC (KTM) September 26, 2021 0

इलाम, १० असोज- इलामको फाकफोकथुम गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित रामकुमार श्रेष्ठ पार्टीकाे गाउँपालिका सभापतिमा पराजित भएका छन् ।६४ मतसहित पालिका सभापतिमा डिकबहादुर थापा निर्वाचित हुँदा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ भने तेस्रो स्थानमा सीमित भए ।

कांग्रेसको शनिबार सम्पन्न पालिका स्तरको महाधिवेशनमा ५७ मतसहित टेकवीर लिम्बु दोस्रो भए ।कांग्रेसको गाउँ उपसभापतिमा कृतिराज आले र देउमान दलामी निर्वाचित भए । सचविमा चन्द्र बहादुर बोहरा र देवी थापा निर्वाचित भए ।

माइजोगमाई गाउँपालिकाको कांग्रेस सभापतिमा नरेन्द्र देवान निर्वाचित भएका छन् । उनले ७९ मत प्राप्त गरे । सभापति उम्मेद्वार वेदप्रसाद चापागाईंले ४० मत पाएका छन् । उपसभापतिमा उमाकान्त भट्टराई र चन्द्र देवान निर्वाचित भएका छन् । सचिवमा प्रदीप खड्का र देवी अधिकारी निर्वाचित भएका छन् । सहसचिवमा सुमन वेघा र गोपाल मगर चयन भएका छन् ।

देउमाइमा भने दिलीप कार्की सभापतिमा विजयी भएका छन् । कार्कीले १ सय ११ मत पाए । सभापतिका उम्मेद्वार कृष्ण बरालले ८४ र भवानीराम राई ३९ मत प्राप्त गरे । उपसभापतिमा ताराकुमार राइ र दिलकुमारी राई विजयी भए । सचिवमा कल्पना थापा खत्री र पदमबहादुर कटुवाल विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर