एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा — OSNepal

एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा

LC (KTM) September 25, 2021 0

एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आज भएको खेलमा जित निकाल्दै एसी मिलान शीर्ष स्थानमा उक्लिएको हो । आज एसी मिलानले स्पेजियालाई दुई एक गोल अन्तरले पराजित गरेको हो ।

मिलानको जितमा डानियल माल्दिनी र ब्राहिम डियाजले एक एक गोलको योगदान दिए । स्पेजियाका डानिली भर्डेले सान्त्वना स्वरुप एक गोल फर्काएका थिए । आजको यस जितसँगै मिलानले ६ खेलमा १६ अंक जोडेको छ। मिलान शीर्ष स्थानमा उक्लिएको छ । स्पेजियाले ६ खेलमा ४ अंक मात्र जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर