भारतमा कात्तिक ५ गते देखी सबै सिनेमा हल खुल्दै , रोहित शेट्टीको फिल्म सुर्यबंशीले तोक्यो रिलिज डेट — OSNepal

भारतमा कात्तिक ५ गते देखी सबै सिनेमा हल खुल्दै , रोहित शेट्टीको फिल्म सुर्यबंशीले तोक्यो रिलिज डेट

LC (KTM) September 25, 2021 0

कोरोनाका बीच बलिउड बिस्तारै माथि उठ्न थालेको छ । कात्तिक देखी हलहरु खुलाउने निर्णय भए संगै अब फिल्महरुको रिलिज डेट फिक्स हुने क्रम बढेको छ । लामो समय देखी हल खुल्ने प्रतिक्षामा रहेको बेला अक्षयकुमारको फिल्म सूयंवंशीको प्रदर्शन मिति घोषणा भएको छ ।

यसैबीच दिपावलीको अवसरमा सूर्यवंशी प्रदर्शन मिति घोषणा भएको छ । यस फिल्मलाई रोहित शेट्टीले निर्देशन गरेका छन् । उनले यस फिल्मलाई उचित समय आएपछि हलमै रिलिज गर्ने घोषणा गरेका थिए । अब कात्तिक ५ गतेदेखि भारतको मुम्बइस्थित फिल्म हलहरु खुल्ने भएका छन् ।

मुख्यमन्त्री उद्दव ठाकरेको कार्यालयले ट्वीटमार्फत यस्तो जानकारी दिए संगै सुर्यबंशीको रिलिज डेट पनि बाहिर आएको हो । कोभिड १९ मा संक्रमण आएको भन्दै हल खुलाउने निर्णय भएको मुख्यमन्त्री ठाकरेले जनाएका छन् । हल खुलाउने निर्णयसँगै मुख्यमन्त्री कार्यालयले फिल्म हलमा अपनाउनुपर्ने कोभिड संक्रमणविरुद्धको मापदण्ड पनि सार्वजनिक गर्ने तयारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर