इण्डोनेशियामा पर्यटनस्थलमा २ महिलाले नग्न फोटोशुट गरेको तस्बीर एकदमै भाइरल भएको छ । उनीहरुको यो हर्कतले देशभर हंगामा मच्चिएको छ । अब पुलिसले ति २ महिला तथा अर्का एक पुरुष पर्यटकलाइै खोजी गरिरहेको छ ।
उनीहरुलाई पर्यटकस्थलमा खुलेआम नग्न फोटो खिचेको आरोपमा खोजि गरिरहेको हो । यस तस्बीरलाई ट्वीटरमा शेयर गर्दै एक ब्यक्तिले लेखेका छन्– रुढिबादी मुस्लिम बहुल देशमा ३ जनाले बिना कपडा घुमिरहेका छन् ।
हालै बबाल मच्चिए पछि उक्त तस्बीर सामाजिक सञ्जाल बाट हटाइएको छ । भाइरल भएको तस्बीरमा ३ जना पुरै नग्न रहेको र उनीहरुको अनुहार छोपिएको छ । यो तस्बिर इण्डोनेशियाको तागेरंगको कोजा क्लिफ पार्कमा गरिएको फोटोशुट हो । स्थानीयले ति नग्न मोडलहरुलाई पक्रन प्रहरीलाई दबाब दिएका छन् ।
त्यहाका प्रहरी अधिकारीले ति नग्न फोटोशुट गराउनेहरुलाई खोजिरहेको बताएका छन् । ईण्डोनेशियामा अश्लीलता फैलाउने बिरुद्ध एकदमै कठोर कानुन रहेको छ ।