चाँगुनारायणलाई शैक्षिक हव बनाउँंछौं : मेयर मिश्र — OSNepal

चाँगुनारायणलाई शैक्षिक हव बनाउँंछौं : मेयर मिश्र

LC (KTM) September 25, 2021 0

काठमाडौं । भक्तपुरको चाँंगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले आफनो नगरपालिका क्षेत्रलाई शैक्षिक हवको रुपमा विकास गर्ने बताएका छन् । नेपाल इन्जिनियरिङ्ख कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको २७ औ स्थापना दिवस समारोहको शनिबार कलेजमा भएको उदघाटन समारोहमा उनले यस्तो बनाएका हुन् । कलेज व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका मिश्रले नेकलाई तीनचार वर्षमा विश्वविद्यालयको रुप दिने बताए । कलेजलाई अझै सार्वजनिक तथा पर्ति जग्गा दिएर भौतिक संरचना वढाउने योजना रहेको उनले सुनाए ।

स्थापना दिवसको प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए । समारोहको अवसरमा प्रमुख अतिथि प्राडा थापाले २० वर्षदेखि कलेजमा अविच्छिन सेवारत २० जना शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरे । उनीहरुलाई दोसल्ला ओढाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरी सम्मानित गरिएको थियो । साथै कार्यक्रममा अतिरिक्त क्रियाकलापबाट शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएका विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा कलेजमा आइसोलेसन केन्द्र सञ्चालन गर्न विशेष योगदान पु¥याए वापत कलेजका कर्मचारी मनोहर खनाललाई सम्मान गरियो । कलेजको कार्यक्रम हलमा कोभिडको बेला आइसोलेसन सञ्चालन गरिएको थियो । समारोहकै अवसरमा कलेज सञ्चालनका संस्थापकहरु हरिप्रसाद पाण्डे र इन्जिनियर सलिल भट्टराईलाई सम्मान गरियो । सोही अवसरमा नेकबाट प्रोफेनल इन्जिनियरिङ्ख सर्टिफिकेट प्राप्त गर्न सफल कलेजमा अध्यापनरत तुसिता चाँंदनी शाह र कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठलाई सम्मान गरियो । सोही अवसरमा कलेजको स्नातक र स्नातकोतर तहमा सर्वाेत्कृष्ट स्थान हासिल गर्न सफल स्नातक तहका पाँंच जना र स्नातकोतर तहका चार जना विद्यार्थीलाई पनि सम्मान गरियो ।

कार्यक्रममा प्रमुख अतिथि प्राडा थापा, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, जल तथा उर्जा आयोगका सचिव मणिराम गेलाल, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं कलेज सञ्चालक समितिका सदस्य मुकेश केशरी, कलेजका संस्थापक एवं पूर्वमन्त्री हरिप्रसाद पाण्डे, विश्वविद्यालयका प्रतिनिधि उप प्राध्यापक अर्जन गौतम, कलेजका सहायक प्राचार्य एवं स्थापना दिवस समारोह समितिका संयोजक सह प्राध्यापक दुर्गाप्रसाद भण्डारी, प्रशाशन प्रमुख श्रीमा शर्मा, कर्मचारी प्रतिनिधि मनोहर खनाल, शिक्षक प्रतिनिधि उप प्राध्यापक धर्मराज बगालेलगायतले कलेजका विविध पक्षकाबारेमा आआफनो धारणा राखेका थिए ।२०५१ साल साउन ९ गते ललितपुरको कुपण्डोलबाट कलेज सञ्चालनमा ल्याइएको थियो । कलेज हाल भक्तपुरको चाँंगुनारायण नगरपालिकाको दुवाकोटमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर