लिबियामा विभाजन र युद्ध अन्त्य गर्ने प्रधानमन्त्री दबेबाको प्रतिवद्धता — OSNepal

लिबियामा विभाजन र युद्ध अन्त्य गर्ने प्रधानमन्त्री दबेबाको प्रतिवद्धता

LC (KTM) September 25, 2021 0

त्रिपोली, ९ असोज- लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाले शनिबार लिबियामा विभाजनको अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै देशमा अर्को युद्ध हुन नदिने बताउनुभएको छ । “हामी यस विभाजनलाई कुनै कारणले जारी राख्न दिने छैनौं । लिबियाको प्रतिनिधि सभा (संसद) को विरोधमा यहाँ विरोध प्रदर्शन गरिरहेका आफ्ना समर्थकहरूलाई दबेबाले भन्नुभयो, “अब देशमा युद्ध हुनेछैन । हामी विकास र स्थिरतालाई निरन्तरता दिनेछौं ।”

उहाँले भन्नुभयो, “सबै लिबियालीहरू शान्तिमा बस्न चाहन्छन् र हामीसँग मर्यादा, स्वतन्त्रता र शान्तिमा जीवन बिताउन सक्षम बनाउने माध्यम छ ।” उहाँले यस वर्षको अन्त्यसम्ममा निष्पक्ष निर्वाचन सम्पन्न गराउन आफ्नो सरकारको उत्सुक रहेको बताउनुभयो । दबेबाको राष्ट्रिय एकता सरकार (जीएनयू) लाई संयुक्त राष्ट्रसंघद्वारा समर्थन प्राप्त लिबियाली राजनीतिक वार्ता फोरम (एलपीडीएफ) द्वारा फेब्रुअरीमा छानिएको थियो । यसले देशमा वर्षौंको राजनैतिक विभाजनको अन्त्य गरेको विश्व समुदायको बुझाइ छ ।

सेप्टेम्बर ८ मा संसदले वित्तीय र प्रशासनिक उल्लङ्घनको विषयमा दबेबालाई प्रश्न गर्न एक सत्र आयोजना गरेको थियो । दबेबाले जीएनयूको बजेट लाई संसदबाट अनुमोदन नगर्ने अडान राख्नुभएको थियो । मंगलबार संसदले जीएनयूलाई दिएको विश्वास फिर्ता लिने घोषणा गरेको थियो तर यसलाई रेखदेख गर्ने सरकारको रूपमा दबेबाको सरकारलाई नै अख्तियार दिएको थियो । सरकार र आफूमाथिको विश्वास फिर्ता गर्ने संसदको कदमको दबेबाले आफ्ना समर्थकहरूलाई विरोध गर्न आह्वान गर्नुभएको थियो । लिबियाले डिसेम्बरमा आम चुनाव गर्ने विश्वास गरिएको छ । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर