दिल्ली संग राजस्थान पराजित , १६ अंक सहित दिल्ली शीर्ष स्थानमा उक्लन सफल — OSNepal

दिल्ली संग राजस्थान पराजित , १६ अंक सहित दिल्ली शीर्ष स्थानमा उक्लन सफल

LC (KTM) September 25, 2021 0

राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली १० खेलमा १६ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीले जम्मा १० खेलमा ८ मा जित र २ मा हार ब्यहोरेको छ । आज अबुधाबीमा सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई ३३ रनले हराएको हो। दिल्लीले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय २१ रन मात्र बनाउन सकेको थियो ।

राजस्थानका कप्तान सन्जु सामसनले ७० रनको अर्धशतकीय इनिङ्स खेले । तर पनि टोलीलाई जित दिलाउन सकेनन् । दिल्लीका एन्रिच नोर्कियाले २ विकेट लिएका थिए । यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन जोडेको थियो ।

दिल्लीका श्रेयस एयरले ४६ रन जोडे । उनी अर्धशतक बनाउन चुकेका थिए । राजस्थानका मुस्ताफिजुर रहमान र चेतन सकारियाले दुई दुई विकेट लिए । राजस्थान ९ खेलमा ८ अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर