मैले विकेट लिन नसके पनि जितका लागि योगदान दिए- काठमाण्डौ किंग्स ११ का कप्तान सन्दीप लामिछाने — OSNepal

मैले विकेट लिन नसके पनि जितका लागि योगदान दिए- काठमाण्डौ किंग्स ११ का कप्तान सन्दीप लामिछाने

LC (KTM) September 25, 2021 0

आज बाट चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी ट्वान्टी क्रिकेट सुरु भयो । आजको उद्घाटन खेलमा काठमाण्डौ किंग्स ११ ले जित समेत निकाल्न सफल भयो । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाण्डौले सहज जित निकाल्यो । जित पछि प्रतिक्रिया दिदै कप्तान सन्दीपले टिम वर्कको कारण जित निकाल्न सफल भएको बताएका छन् ।

उनले खेलाडी गुर्बाज, रायन तथा राजु रिजालले एकदमै राम्रो खेल प्रस्ततु गरिएको भन्दै प्रशंशा गरे । आफुले १ सय ५८ रनको लक्ष्य पुरा गर्न सकिने लक्ष्य रहेको भन्दै खेलाडीको मनोबल उच्च बनाएको र सबैले एकदमै राम्रो ढंगले भुमिका निर्बाह गरेको बताए । उनले आगामी दिनमा पनि जितको लक्ष्यका साथ खेल्ने बताए ।

आजको खेलले थप हौसला मिलेको उनको भनाई थियो । आजको खेलमा उनले कुनै विकेट लिन नसकेकोमा धारणा राख्दै कहिले काही विकेट लिन पनि सकिने र नलिन पनि सकिने भएको भन्दै खेलमा आफ्नो पन उत्तिकै योगदान रहेको बताए । त्यस्तै आजको खेलमा पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदीले कुनै पनि विकेट लिन सकेका थिएनन् ।

यसैक्रममा सन्दीपले शाहिद अफ्रिदीको अनुभव धेरै मुल्यवान र आउने पिढीहरुका लागि प्रेरणादायी रहने समेत बताए । ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौंले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर