बलिउड स्टार सलमान खानको फिल्म अन्तिम : द फाइनल ट्रथ हलमै रिलिज हुने — OSNepal

बलिउड स्टार सलमान खानको फिल्म अन्तिम : द फाइनल ट्रथ हलमै रिलिज हुने

LC (KTM) September 25, 2021 0

कोरोनाको महामारीका कारण प्रभावित भएको बलिउड उठ्न सुरु गरेको छ । यसैक्रममा हलमै फिल्महरु रिलिज हुन थालेका छन् । बलिउड अभिनेता अक्षय कुमारको बेल बटम पछि अब अर्का बलिउड स्टार सलमान खानको फिल्म अन्तिमः द फाइनल ट्रथ हलमै प्रदर्शन हुने भएको छ।

यस फिल्मको निर्माण पक्षले डिजिटल प्लाटफर्म नरोजी हल नै रोजेको हो । निर्देशक महेज मान्जरेकरले सलमानको यस फिल्म भारतभरका सिनेमा हलमा प्रर्दशन हुने बताएका छन् । यो फिल्म दीपावलीको अवसर पारेर प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

अहिले पनि भारतका सबै सिनेमाहल खुलिसकेका छैनन् । त्यसैले दशैको अवसरमा रिलिज गर्न लागिए पनि दिपावलीका बेलामा फिल्म रिलिज गर्न लागिएको हो । भारतका सबै राज्यमा सिनेमा हल नखुलेकाले फिल्मको प्रदर्शन हुने समय पछि सरेको हो।

यस फिल्ममा सलमान संग आयुष शर्मा पनि देखिने छन् । यो फिल्म मराठी फिल्मको हिन्दी रिमेक रहेको छ । मराठी फिल्म ‘मुलशी पैटर्न लाई हिन्दी रिमेक गरिएको हो । यो फिल्म हिन्दीसँगै तामिल, तेलगु, कन्नड र उडिया भाषामा भारतभर रिलिज हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर