बर्ल र गुर्बाजको आक्रमक ब्याटिङले ईपीएलमा कमाल गर्यो काठमाडौं किग्सले, ललितपुर पेट्रियट्स ७ विकेटले पराजित — OSNepal

बर्ल र गुर्बाजको आक्रमक ब्याटिङले ईपीएलमा कमाल गर्यो काठमाडौं किग्सले, ललितपुर पेट्रियट्स ७ विकेटले पराजित

LC (KTM) September 25, 2021 0

काठमाडौं, ९ असोज – रायन बर्लको आक्रामक ब्याटिङप्रेरित काठमाडौं किग्सले एभरेष्ट प्रिमियर लिग(इपिएल) मा विजयी सुरुआत गरेको छ । शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले ललितपुर पेट्रियट्सलाई ७ विकेटले हराएको हो ।

ललितपुरले प्रस्तुत गरेको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

काठमाडौंको सहज जितमा बर्लले अविजित ७३ रन जोड्दा रहमानुल्ला गुर्बाजले ३६ बलमा ४ चौका र ६ छक्का मद्दतमा ५९ रनको योगदान गरे ।

सात रन जोड्दा ओपनर सुवास खकुरेलाई गुमाएको काठमाडौंले ११ रनमा अमित श्रेष्ठलाई गुमाएको थियो । सुवास र अमितलाई ललितपुरका विकेटकिपर शंकर रानाले रनआउट गरे । १२–२ मा ब्याटिङका लागि आएका बर्लले ओपनर गुर्बाजसँग तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।

त्यस्तै बर्लले चौथो विकेटका लागि राजु रिजालसँग अविजित ७० रनको साझेदारी गरका थिए । बर्लले ३३ बलमा ३ चौका र ७ छक्का मद्दतमा अविजित ६९ रन जोडे ।

यसअघि पवन सर्राफको अर्धशतकप्रेरित ललितपुर पेट्रियटस्ले काठमाडौं किग्स एलेभनलाई रनको १ सय ६४ लक्ष्य दिएको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६३ रन बनायो । काठमाडौंका लागि पवन सराफले सर्वाधिक ६१ रन जोडेका थिए ।

आइतबार ईपीएलमा दुई खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर