शिल्पा शेट्टीलाई फेरी निशाना साँधिन पोर्नाेग्राफी केसमा जोडिएकी अभिनेत्री शर्लिन चोपडाले — OSNepal

शिल्पा शेट्टीलाई फेरी निशाना साँधिन पोर्नाेग्राफी केसमा जोडिएकी अभिनेत्री शर्लिन चोपडाले

LC (KTM) September 25, 2021 0

पोर्नाेग्राफी केसमा जब बाट शर्लिन चोपडाको नाम आयो तब देखी उनले आफ्नो बचावमा एकदमै धेरै बोलेकी छिन् । शिल्पा शेट्टीको पति राज कुन्द्राको बिरुद्ध बयान दिने देखी लिएर शिल्पा शेट्टीलाई निशाना साँध्ने सम्मको काम गरेर शर्लिनले चर्चामा रहेकी छिन् ।

एक पटक फेरी शर्लिनले शिल्पालाई रिल लाईफको दुनिया बाट निकालेर वास्तबिक जिवनमा आउन सुझाव दिएकी छिन् । उनले ट्वीट गरेर शिल्पा लाई सुझाव दिएकी छिन् । शर्लिनले लेखेकी छिन्– तपाई टेलिभिजनमा साष्टांग दण्डवत प्रणाम गर्नुहुन्छ , ति कलाकार जसको कलाबाट तपाई प्रभावित हुनुहुन्छ ।

कृपया रील लाईफ बाट बाहिर निस्किएर रियल दुनियाँमा गएर पीडित महिलाहरुको लागि थोरै सहानुभुति देखाउनुहोस् । यकिन मान्नुहोस् सारा दुनिया तपाईलाई साष्टांग दण्डवत गर्नेछन् । यस ट्वीटका साथमा शर्लिनले आफ्नो भिडियो पनि शेयर गरेकी छिन् ।

जसमा शिल्पाको नाम नलिई उनलाई घोचपेच गरेकी छिन् । शिल्पा शेट्टीले आफ्नो रियालिटी शो सुपर डान्सर च्याप्टर ४ मा कैयौ पटक प्रतिष्पर्धीहरुलाई प्रस्तुती दिइसके पछि साष्टांग दण्डवत गर्ने गरेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर