२ सय करोडको जालसाँजी केसमा ईडी बिभाग समक्ष पेश भईनन् नायिका ज्याकलिन फर्नाण्डेज, पुरा मामला यस्तो छ — OSNepal

२ सय करोडको जालसाँजी केसमा ईडी बिभाग समक्ष पेश भईनन् नायिका ज्याकलिन फर्नाण्डेज, पुरा मामला यस्तो छ

LC (KTM) September 25, 2021 0

बलिउड अभिनेत्री ज्याकलिन फर्नाण्डेज आज प्रबर्तन निर्देशालय इडी समक्ष उपस्थित भईनन् । सुकेश चन्द्रशेखरका बिरुद्ध दर्ता भएको मनी लण्ड्रिंग केसमा ईडीले ज्याकलिनलाई सोधपुछका लागि पत्र पठाएको थियो । तर ईडी अफिसमा आफ्नो बयान दर्ता गर्नका लागि आज अभिनेत्री ज्याकलिन नगएकी हुन् ।

ईडी अधिकारीले ज्याकलिनलाई २५ सेप्टेम्बरमा दिल्ली अफिसमा पेश हुनका लागि भनेको थियो । तर उनको अनुपस्थितीले अभिनेत्रीमाथि सवाल खडा गरिदिएको छ । अहिले यो स्पष्ट भएको छैन कि ज्याकलिनले ईडीका अधिकारी संग सोधपुछको कार्य पोस्टपोन गर्नको लागि अपिल गरेकी थिईन या थिइनन् ।

यसभन्दा पहिलो ईडीले यो केसको सिलसिलामा ज्याकलिनलाई बयानका लागि ३० अगष्ट मा दर्ता गरेको थियो । ईडीले यो जान्ने कोशिस गरिरहेको छ कि सुकेश चन्द्रशेखर तथा ज्याकलिनका बीच कोही लेनदेन भएको थियो कि थिएन ।

सुकेश चन्द्रशेखर माथि एक कारोबारी बाट एक बर्षको भित्रमा २ सय करोड असुली गरेको आरोप रहेको छ । चन्द्रशेखरका बिरुद्ध २० भन्दा बढी रंगदारी केस दर्ता भएको छ । उनी जेल भित्रबाट पनि एक र्याकेट चलाईरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर