फ्रेन्चाइज इपीएल क्रिकेट आजबाट, ललितपुर र काठमाडौं भिड्दै — OSNepal

फ्रेन्चाइज इपीएल क्रिकेट आजबाट, ललितपुर र काठमाडौं भिड्दै

LC (KTM) September 25, 2021 0

काठमाडौं, ९ असोज – चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आज शनिबारबाट सुरु हुँदैछ । इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीएट्स र काठमाडौं किङ्स इलेभेनबीच प्रतिस्पर्धा हुनेछ ।

ललितपुर र काठमाडौंबीचको खेल अपरान्ह १२:१५ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

ललितपुरको कप्तानी कुशल भुर्तेलले गर्नेछन् भने काठमाडौंको कप्तानीमा सन्दीप लामिछाने रहनेछन् । दुबै टोली पहिलो खेलमा सुखद सुरुवात गर्न चाहन्छन् । दुबैको लक्ष्य पहिलो खेलमा २ अंकका लागि हुनेछ ।

ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो,सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका रानजुङ्ग मिक्यो दोर्जी छन् ।

काठमाडौंको टिममा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बज, सिंगापुरका जनक प्रकाश रहेका छन् ।

चौथो संस्करणका प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । उपविजेताले १५ लाख पाउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर