आइपीएलमा बेंग्लोर लाई ६ विकेटले हराउँदै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा — OSNepal

आइपीएलमा बेंग्लोर लाई ६ विकेटले हराउँदै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा

LC (KTM) September 24, 2021 0

ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल टी ट्वान्टी क्रिकेटमा बैंगलोर लाई पराजित गर्दै चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ । शारजाहमा आज राती सम्पन्न भएको खेलमा चेन्नईले बैंगलोरलाई ६ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको हो ।

बैंगलोरले चेन्नई लाई १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य चेन्नईले १८ ओभर १ बलमा ४ विकेट क्षतीमा पुरा गर्दै जित निकाल्न सफल भयो । चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ३८ रन जोड्दा अम्बाती रायाडुले ३२ रन जोडे ।

फाप डु प्लेसिसले ३१ रन जोड्दा मोइन अलीले २३ रन बनाए ।सुरेश रैना १७ रनमा अविजित रहदा कप्तान महेन्द्र सिंह धोनी ११ रनमा अविजित रहे । बैंगलोरका लागि हर्सल पटेलले २ विकेट चड्काए । युजभेन्द्र चहल र ग्लेन म्याक्सवेलले एक एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । बैंगलोरका लागि देवदत्त पडिकलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कप्तान विराट कोहलीले ५३ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । जितसँगै चेन्नईले ९ खेलमा १४ अंक जोडेको छ । र, चेन्नई शीर्ष स्थानमा उक्लिएको छ ।बैंगलोर ९ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर