प्रचण्डको गृह जिल्ला पुगेर बादल गर्जिए , भने -अबको चुनाव प्रचण्ड भर्सेस बादलको हुनेछ — OSNepal

प्रचण्डको गृह जिल्ला पुगेर बादल गर्जिए , भने -अबको चुनाव प्रचण्ड भर्सेस बादलको हुनेछ

LC (KTM) September 24, 2021 0

एक समय एउटै छातामुनि बसेका नेता पुष्पकमल दाहाल प्रचण्ड र राम बहादुर थापा अहिले अलग अलग ठाउँमा पुगेका छन् । अदालतको आदेश संगै माओबादी र एमालेबीचको एकता टुक्रिए पछि दुबै जनाले आ आफ्नो कित्ता प्रष्ट गरेका हुन् ।

यसैक्रममा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता थापाले आज खुल्ला मैदानबाटै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आफु सँग चुनाव लड्न तयार हुनु पर्ने लल्कारेका छन् । उनले आउँदो चुनावमा प्रचण्ड र आफ्नो चुनावी भिडन्त समेत हुन सक्ने बताए ।

आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले अहिले आधिकारीक निर्णय पार्टीको नभए पनि आफ्नो चाहना भिड्ने नै रहेको बताएका हुन् । तर उनले यो विषयमा अहिले पार्टीले निर्णय नगरेो तर आउँदा दिनमा चुनावमा निस्किएपछि पार्टीले निर्णय गर्ने र त्यतिबेला प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने बताए ।

उनले दाहालकै गृह जिल्लामा पुगेर उनलाई राष्ट्रघातीको संज्ञा दिए । दाहाल अहिले राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी र देशको समृद्धिको विरोधी लाइनमा लागेको आरोप समेत उनले लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर